अष्ट्रेलियाले जित्यो सिरिज

Read Time = 3 mins

लण्डन । अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंल्याण्डलाई ७२ रनले हराउँदै एक खेलअगावै तीन खेलको सिरिज जितेको छ । जितका लागि २८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८.५ ओभरमा २०८ रनमा अल आउट भयो । इंग्ल्याण्डका साम बिलिंग्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रन बनाउनुभयो । जेम्स भिन्सले ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन थप्नुभयो ।

जोश हेजलवुडले फिलिप साल्टलाई २३ रन थप्नुभयो । चौथो विकेटका लागि बिलिंग्स र भिन्सले १२२ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई अघि बढाउनुभएको थियो । बिलिंग्स र मोइन अली १० रनमा बोल्ड हुनुभयो । क्रिस वोक्स सात र डेविड विल्ली ६ रनमा बोल्ड भएपछि इंग्ल्याण्ड उक्त स्कोरमा खुम्चिएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्कले आठ ओभरमा एक मेडनसहित ४७ रन खर्चेर चार विकेट लिनुभयो । एडम जाम्पाले ९.५ ओभरमा एक मेडनसहित ४५ रन खर्चेर चार तथा कप्तान जोश हेजलवुडले दुई विकेट लिनुभयो ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथले ११४ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिनुभयो ।

मार्नस लाबुसेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रन बनाउनुभयो । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले ९९ रनको साझेदारी गर्नुभएको थियो । ओपनर डेविड वार्नर १६, ट्रविस हेड १९ तथा मिचेल मार्शले ५९ बलमा दुई चौका र दुई छक्कासहित ५० रन जोड्नुभएको थियो ।

इंग्ल्याण्डका स्पिनर आदिल राशिदले १० ओभरमा ५७ रन खर्चेर तीन विकेट लिनुभयो । क्रिस बोक्सले १० ओभरमा ४२ रन खर्चेर दुई विकेट लिनुभयो । डेविड विल्लीले नौ ओभरमा ४४ रन खर्चेर दुई तथा मोइन अलीले एक विकेट हात पार्नुभयो । यसअघि भएको पहिलो खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?