केवि एकेडेमीमा आइटि क्लासको तयारी : प्रविधि र सीप सँगसँगै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेतीलगायत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।

विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा स्वास्थ्य जाँच तथा उपचार गर्न पाउनेगरी दरबाङ स्थित दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरिसकेको छ । त्यसैगरी विद्यार्थी र अभिभावकलाई यातायातमा छुट दिनाउन यातायात व्यवसायीसँग सम्झौता गर्न लागिएको विद्यालयको संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभएको छ ।

प्रि-प्राइमरी लेभल (मन्टेश्वरी) को लागि छुट्टै ब्लक रहेको यस विद्यालयमा आगामी शैक्षिक वर्षदेखि आइटि क्लासको समेत तयारी सुरु भएको छ । अहिलेको समय सूचना प्रविधिको समय भएकोले विद्यालय तहमा नै विद्यार्थीहरुलाई सूचना प्रविधिमा पोख्तबनाएर पठाउने उद्देश्यसहित आइटि क्लासको तयारी गरिएको प्रवन्ध निर्देशक पुनले बताउनुभयो ।

त्यसैगरी पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा कृषि र पर्यटनकोसमेत प्रशस्त सम्भावना रहेकोले विद्यालय तह देखि नै यी क्षेत्रहरुको बारेमा जानकारी दिन विद्यालयकै जग्गामा तरकारी खेती र नर्सरी स्थापनाको काम पनि अघि बढाइने उहाँले बताउनुभयो । त्यसैगरी पर्यटकीय स्थलहरुको जानकारी,होमस्टे (घरबास सेवा) को महत्वलगायतका विषयहरुमा पनि विद्यार्थीहरुलाई सिकाउन सुरु गरिएको उहाँको भनाइ छ ।

विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार बालमनोविज्ञानलाई ध्यान दिँदै प्रि पाइमेरी तहदेखि नै नयाँ व्यवस्थापन र पूर्वाधारसहित कक्षा संचालन भैरहेको र आगामी शैक्षिक वर्षमा अझै व्यवस्थित गर्नका लागि तयारी सुरु भैसकेको छ । त्यसैगरी आगामी शैक्षिक वर्ष (वैशाख) देखि कम्प्यूटर सिक्न चाहने अभिभावकहरुलाई पनि हरेक शुक्रवार कम्प्यूटर कक्षा संचालन गरिने भएको छ ।

प्री प्राइमेरी ब्लकमा क्यान्टीन, खेलमैदान र प्रि-प्राइमरी विद्यालय प्रशासन पनि रहेको छ । १२ महिना घाम लाग्ने, उज्यालोको राम्रो व्यवस्था भएको कक्षा कोठाहरु पनि सजिएको र भुईमा म्याटसहितको कार्पेटिङ गरिएको छ । बालबालिकाहरुलाई पौष्टिकताले युक्त अर्ग्यानिक खाजा, खेल्नका लागि फलामे पिङ, स्प्रिङ जम्पिङलगायतका साधनहरु जोडिएको छ । आ-आफ्नै शैक्षिक सामाग्री, दैनिक उपभोग्य सामान र जुत्ता राख्ने र्‍याकसमेत छुट्टाछुट्टै राखिएको छ ।

त्यस्तै विद्यालयले गत बुधबार सरस्वती पूजाका दिन विद्यार्थीहरुका लागि निःशुल्क भर्ना लिएको छ । एकैदिन सोचेभन्दा बढी बालबालिकाहरु भर्ना भएका प्रिन्सिपल शर्माले बताउनुभयो ।  यस विद्यालयमा अहिले पिजीदेखि कक्षा १० सम्म चारसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?