भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ?

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ ।

मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गर्नुभएको हो। उहाँले यसबारे स्पस्ट पार्नसमेत भन्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उपाध्यक्ष रावलले लेख्नुभएको छ, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।’

— Bhim Rawal, PhD (@BhimRawal179) December 2, 2022

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?