गठबन्धनको सरकारले साम्प्रदायितालाई भड्कायो : अध्यक्ष ओली

मतभेदहरुको छलफल र कानूनी प्रकृयाबाट औचित्यको पुष्टि गरी समाधान खोजिनुपर्छ

हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक्ता भड्काएको आरोप लगाउनु भएको छ । झुलाघाट चिवाभन्ज्याङ्ग समृद्धिको संकल्प यात्रा अन्तर्गत ओखलढुंगाको हर्कपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

सिन्धुली, उदयपुर, खोटाङ्ग, ओखलढुंगा र सोलुखुम्बु जिल्लाका पार्टी कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले अहिलेको गठबन्धनको सरकारले साम्प्रदायितालाई भित्र–भित्रैबाट टेवा दिईरहेको छ । जिम्मेवार सरकारले जनताको बिचमा फाटो ल्याउने होइन, एकतामा ल्याउनु पर्ने उहाँले बताउनु भयो । कतिपय राजनीतिक मुद्दामा मतभेद हुन सक्दछन्, त्यस्ता मतभेदलाई छलफल र कानूनी प्रकृयाबाट औचित्यको पुष्टि गरी समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

यो जिल्लामा आईपुग्दा शहिदहरुको याद आउने गरेको बताउदै गुरु लुईटेल लगायत विभिन्न कालखण्डमा मारिएका शहिदहरु प्रति हार्दिक श्रदासुमन ब्यक्त गर्दै सम्झन चाहान्छु, उहाँले भन्नु भयो । पञ्चायतको बिरोधमा यस जिल्लाको ठुलो योगदान रहेको उहाँले बताउनु भयो ।

उहाँले एमालेको बहुमत बिना यो देशलाई स्वाभिमानी, स्वाधिन, समृद्धि र सुखी बनाउन सकिँदैन, त्यसको पूर्वभ्यासका लागि ‘मिसन ८४ समृद्धीको संकल्प यात्रा’ गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मिसन ८४ कसैको बिरुद्धमा होइन र एमालेको लागि पनि नभई देश र जनताको पक्षमा गरेको हो ।’ भ्रष्टाचारको अन्त्य, सुशासन कायम र राष्ट्रिय हित गर्न एमालेले मात्रै गर्न सकेको इतिहाँस र ब्यवहारले पुष्टि गरिसकेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै ओलीले मध्यपहाडी राजमार्ग र पुष्पलाल राजमार्ग आसपासमा कस्ता खालका उद्योग, पसलहरु बनाउन सकिन्छ त्यसको बारेमा अध्ययन र छलफल गरिने पनि बताउनु भयो । कृषिलाई निर्वाहमुखी होइन, जीवन धान्ने मात्रै होइन, आफ्ना सन्तानलाई पुर्याएर पनि बचत गर्ने सम्मको बनाउन प्रयत्न र छलफल गर्ने बताउनु भयो । आफ्नो यात्राको क्रममा आएका माग र ज्ञापनपत्रहरुलाई काठमाण्डौ पुगेर अध्ययन गरी समाधान गर्ने आश्वासन दिनुभयो । पूर्वाभ्यासको रुपमा मिसन ८४ झुलाघाट देखि चिवा भन्ज्याङ्ग सम्मको २ हजार किलोमिटरको कठिन यात्रा शुरु गरिएको बताउनु भयो । मिर्चैया देखि घुर्मीसम्मको सडक निर्माण, कटारीमा ५० शैयाको अस्पताल घाइघाटमा १०० बेडको अस्पाला निर्माण गर्नको लागि माग आएको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?