युभेन्ट्सको सानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

पेरिस । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इम्पोलीमाथि ४-० को सानदार जित हात पारेको हो । युभेन्ट्सको जितमा एड्रिएन राविओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले समान एक-एक गोल गर्नुभयो ।
खेलको आठौं मिनेटमा मोइस किनको गोलबाट युभेन्ट्सले १-० को अग्रता लिएको थियो । उहाँले फिलिप कोस्टिकको पासलाई सदुपयोग गर्नुभएको थियो । ५६औं मिनेटमा वेस्टन म्याकिनीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पार्नुभयो । उहाँले जुआन कोर्डाडोको पासलाई सदुपयोग गर्नुभएको थियो ।

त्यसपछिको दुवै गोल एड्रिएन राविओटले गर्नुभयो । ८२औं मिनेटमा राविओटले कोर्डाडोकै पासमा र इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा डानिलोको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै युभेन्ट्सलाई ४-० को जित दिलाउनुभयो ।

यस जितसँगै युभेन्ट्स ११ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित इम्पोली ११ अंक जोडेर ११औं स्थानमा छ ।
यता, लियोनेल मेस्सी र केलियन एमबाप्पे चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा एसी एजासियोलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । पिएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गर्नुभयो ।

खेलको २४औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । ७९औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो । त्यसको तीन मिनेटपछि एमबाप्पेले मेस्सीको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ३–० को जित दिलाउनुभयो ।

यस जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको पिएसजीको १२ खेलबाट ३२ अंक पुगेको छ । पिएसजीले १० जित र दुई बराबरीको नतिजा निकालेको छ । पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ । लोरिएन्टले एक खेल कम खेलेको छ । पराजित एजासियो आठ अंक जोडेर १८औं स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?