धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।

बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

यसैबिच बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी साउँदको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार शव बुझिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?