जानौं शनिबार जन्मिने मानिसको स्वभाव

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मानिसको चालचलन, व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् ।

मानिसको साल, महिना, गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ ।

शनिबार जन्मेका व्यक्तिहरू हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरु निकै गम्भीर र जिम्मेवार स्वभावका हुने गर्दछन् । यस्ता व्यक्तिहरू निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन् ।

यस्ता व्यक्तिहरू सफा मनका हुने गर्छन् र आफ्नो मनमा जे छ त्यहि भन्ने गर्छन् । कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना हुने गर्दा तपाई संग धेरै जना रुस्ट समेत हुने गर्छन् । तर, पछि कुरा बुझेर अरुहरू तपाईसंगै सुझाव लिन आउने गर्छन् । यस्ता व्यक्तिहरूका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरूको लागि यिनीहरू जे पनि गर्न तयार भएका हुन्छन् । कसैलाई पनि ठेस नपुगोस भन्ने सोचले काम गर्नु हुन्छ भने यस्ता व्यक्तिहरू छिट्टै दुखि हुने गर्छन् ।

बुँदागत रूपमा हेरौं शनिबार जन्मिएका मानिसको आचरण -

  • शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
  •  तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
  • यिनीहरूको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरू आफ्नो पार्टनरलाई निकै केयर गर्छन् ।
  • शनिबार जन्मिएका मानिस सफल हुन्छन् ।
  • तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
  • तपाईं हाइ क्लास वस्तुहरू मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
  • तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
  • रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरूलाई सहन सक्दैनन्, जिद्दि पनि हुन्छन् ।
  • यिनिहरूको झुकाव कला, साहित्य, संगीत र खेलमा हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?