कार्कीको दौड पूरा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गर्नुभएको छ । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैँले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गर्नुभएको थियो ।

जम्मा २२५ किलोमिटरको दूरी तय गर्न तीन दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाउनुभयो । कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड यात्रा चौथोपटक पूरा गर्नुभएको हो ।

आफूले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माणका लागि आर्थिक सहयोग जुटाउन दौडेको कार्कीले जानकारी गराउनुभयो । उहाँको दौड यात्रामा अर्जुनध्वज कार्की, कुमारध्वज कार्की र राजेन्द्र खड्काले आवश्यक सहयोग गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?