गरिमा बैंकको क्युआर भुक्तानी सेवा

Read Time = 1 min

काठमाडौं । गरिमा विकास बैंकको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकले गरिमा डिजिटल बटुवा एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेमा रहेको नेपाल पे क्युआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्ट आबद्ध गराउने कार्य पनि सुरु गरेको छ ।

बैंकका व्यापारिक ग्राहक मर्चेन्टका रूपमा आबद्ध भएर आफ्ना ग्राहकबाट गरिमा डिजिटल बटुवा अथवा नेपाल पे क्युआरमा आबद्ध अन्य मोबाइल बंैकिङ एप वा वालेट एपमार्फत् सिधै खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?