भीमेश्वरलाई फुटसलको उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भीमेश्वर एकेडेमीले जुनियर गल्र्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा भीमेश्वरले अर्किडलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । निर्मल ज्योतिले तेस्रो स्थानमा चित्त बुझायो ।

माडे स्कुलले अनुशासित टिमको ट्रफी हात पार्‍यो । खेल निर्णायक संगीता सुनुवार र दिलकुमार तामाङले सञ्चालन गर्नुभएको थियो । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, आयोजकका अध्यक्ष अमृत खड्का, प्रतियोगिता संयोजक रञ्जन न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एकदिने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?