भारतीय पक्षले दार्चुलामा बन्द गर्यो नेपाल-भारत जोड्ने पुल

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । भारतीय पक्षले दार्चुलास्थित नेपाल-भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द गरेको छ।

महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार बिहानबाट भारतीय पक्षले पुल बन्द गरेका हुन।

महाकाली नदीको यो पुल भएर नेपाल-भारत ओहोरदोहोर गर्ने गरिन्छ। यसअघि आइतबार पनि नेपाली पक्षले तटबन्ध निर्माणको विरोधमा पुल बन्द गरेका थिए ।

भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।

पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?