समानुपातिकतर्फ माओवादी र रास्वपाको बराबर हैसियत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४–१४ सिट पाउने भएका हुन् ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र  सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५/५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?