जबरा र संसद सचिवालयका महासचिव गौतमबीच साँठगाँठ छ : शम्भु थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र संसद सचिवालयका महासचिव भरतराज गौतमबीच मिलेमतो रहेको आरोप लगाउनु भएको छ ।

संसद सचिवालयले महाअभियोग पत्र निष्प्रभावि भएको पत्रविरुद्वको रिट निवेदनमाथि बहस गर्दै थापाले जबरा र गौतमबीच दूषित मिलेमतो रहेको बताउनु भएको हो ।

‘दुई जनाबीच दूषित जालसाजीपूर्ण मिलेमतो छ । पहिल्यै साँठगाँठ छ । नत्र कसरी दर्ता हुन्छ ?’ थापाले प्रश्न गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता थापाले जबरालाई निलम्बन फुकुवाको पत्र दिनुलाई ‘राजद्रोह’को संज्ञा समेत दिनु भयो । उहाँले भन्नुभयो, ‘यो राजद्रोह हो र यसबाट संवैधानिक व्यवस्था खलल पार्ने काम भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?