वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जान्छन् : धर्मेन्द्र बाँस्तोला

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताउनुभएको हो ।

उहाँले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताउनु भयो । उहाँले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताउनु भयो । संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्दान्त, राजनीतिमाथि वकालत गर्ने काम संसदवादीहरुले गरे । निर्लज्ज, भद्दा तरिकाले संसारमा कहीँ नभएको नांगो नाच कुनै अनैतिक प्रकारको चाहे त्यो केपीको सन्दर्भमा होस् । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकार फुटाएर तीन टुक्रा पार्ने केपी ओली, हार गुहार गर्ने केपी ओली होस् । सत्ता पाएन भनेर सरकारमा भएको पार्टीलाई फुटाएर अलग्गै गर्ने प्रचण्ड होउन् । र त्यसको निम्ति साम्राज्यवादीहरु सँग हारगुहार गर्ने यि सबै सर्वहारावादी नीति, जनपक्षिय नीतिबाट उनीहरु च्युत भएका थिए ।'

उहाँले भन्नुभयाे, 'उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने । फाइदाको निम्ति गोकुल बाँस्कोटाजस्तो नाङ्गै प्रकारको भ्रष्टाचार गर्नेलाई च्याप्ने । ट्याङ्कीमा पैसा लुकाउनेहरुलाई च्यापेर बस्ने यस्तो प्रकारको भ्रष्टिकरणका बिरुद्ध नेपाली जनताले कारबाही गरेको छ ।  यो प्रणाली रहिराख्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जानेवाला छन् भोलि । चाहे त्यो केपी होस् । चाहे त्यो प्रचण्ड होस् । चाहे कुनैपनि व्यक्ति किन नहुन् । संसदवाद, प्रतिक्रियावाद उसले आफ्नो प्रकारको राज्य प्रणाली चाहन्छ । समाजवादी प्रकारको चाहँदैन ।’

उहाँले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताउनु भयो । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गर्नुभयो । नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उहाँले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा देखाउने कोशिस गरिएको उल्लेख गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उहाँले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?