पर्यटन प्रवर्द्धनका लागि भोजपुरको अरुणडाँडामा महोत्सव हुँदै

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको अरुणडाँडामा महोत्सव सुरु भएको छ । आगामी २६ गतेसम्म चल्ने महोत्सवको नारा ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान, संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’ भन्ने रहेको छ ।

पौवादुङमा गाउँपालिका वडा नम्वर १ श्यामशिलाको अरुणडाँडामा सुरु महोत्सवमा आगन्तुकहरुलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रर्दशनी, विभिन्न संस्कार सस्कृतिको प्रर्दशनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने अरुण प्रर्बद्धन समितिका अध्यक्ष संजिब सुब्वाले बताउनु भयो ।

गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको विकास तथा प्रचार प्रचारको लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष सुब्वाको भनाई रहेको छ । महोत्सवमा पर्यटनलाई प्रबर्दन गर्ने बिभिन्न स्टल, खेलकुद, पिङ, स्थानीय कृषि उत्पादनको प्रर्दशनी राखिएको छ । यस्ता महोत्सवले जिल्ला भित्रका पर्यटकिय क्षेत्रहरु चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने तहाँ पुगेका संजिव कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “यहाँबाट बिभिन्न हिम श्रृंखलाहरुको पनि अवलोकन गर्न सकिन्छ, पर्यटकीय हिसावले यो ठाउँ उत्कृष्ट छ ।”

गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत बृद्धि हुने हाम्रो अपेक्षा छ, पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजना ढंगले काम गरिरहेको छ सोही अनुसार यो महोत्सव पनि आयोजना भएको हो ।” महोत्सवमा गायक शम्भु राई, सुनिता थेगिम, श्रीकृष्ण लुईटेल, बालचन्द्र बराल, सुमन थापा मगर, तेजेन्द्र गन्धर्व लगायतका कलाकारहरुको समेत सहभागितामा सांगीतिक कार्यक्रम हुने

छ । महोत्सवमा स्थानीयहरुको उल्लेखनीय सहभागिता हुने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?