भक्तपुर । भक्तपुरको सल्लाघारीमा ब्युटीपार्लर ‘एस आर ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर’को दोश्रो शाखा सञ्चालनमा आएको छ । ब्युटिसियन राधिका थापामगर श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त ब्युटीपार्लर बिहीबार ब्युटिसियन तथा रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जित, अग्रज ब्युटिसियन रुस्का श्रेष्ठ वैद्य, ब्युटिसियन पुनम श्रेष्ठले रिवन काटेर संयुक्त शुभारम्भ गर्नुभयो ।
विगत ११ वर्षदेखि ब्युटिसियन पेशामा निरन्तर सक्रिय राधिका भक्तपुर क्षेत्रकी सफल र चर्चित ब्युटिसियन हुनुहुन्छ । समारोहमा बोल्दै वरिष्ट ब्युटिसियन सोनी कारञ्जितले एक दशकभन्दा लामो समयदेखि ब्युटिसियन पेशामा सक्रिय राधिकाले समयानुसार आफूलाई परिमार्जन गर्दै सल्लाघारी क्षेत्रमा उत्कृष्ट सेवा दिन सफल भएको बताउनुभयो ।
यस्तै अर्की ब्युटिसियन रुस्का वैद्य श्रेष्ठले पनि राधिकालाई नयाँ पार्लर दोस्रो ब्रान्च स्थापनाको शुभकामना दिँदै आफ्ना कैयौं विद्यार्थीमा राधिकाले अत्यन्त राम्रो प्रगति गरेको बताउनुभयो । अहिलेको सबै सुविधा राधिकाको एस आर पार्लरमा भएकाले सबैलाई त्यहाँ गरेर ब्युटीसम्बन्धी सेवा लिन आग्रह गर्नुभयो । जिल्ला विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले पनि राधिकालाई नयाँ पार्लरको सफलताको शुभकामना दिनुभयो ।
सो उद्घाटन कार्यक्रममा ब्युटिसियन कमला सिग्देल, रचना शाक्य, रिना अवाले, पत्रकार सूर्य चन्द, एनफाका उपाध्यक्ष सुन्दर थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारतीलगायतले राधिकालाई बधाई दिँदै सो पार्लर सफलताको शुभकामना दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच