प्रहरी परिवारलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

Read Time = 2 mins

काठमाडौं । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व-प्रहरी कर्मचारी र आश्रित परिवारका लागि ललितपुरको धोबिघाटस्थित मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ । नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच छुट सुविधासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । संघतर्फबाट अध्यक्ष कुसुमलता सिंह तथा मेघा अस्पतालतर्फबाट अस्पतालका अध्यक्ष किशोरजंग राणा र चिकित्सा निर्देशक डा. इवराज सिंखडाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा संघकी अध्यक्ष सिंहले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका साथै प्राकृतिक प्रकोप, आपतविपदमा समेत ज्यानको पर्वाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व-प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै अस्पतालमा स्वास्थ्योपचार तथा औषधिका लागि छुट दिने गरी भएको सम्झौताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

अस्पतालका अध्यक्ष राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बताउनुभयो । सम्झौताअनुसार आइसियू शøया, वार्ड, क्याबिन रूम, ल्याब र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडी डाक्टर, आइसीयू वार्ड तथा क्याबिन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशत र फार्मेसी औषधिमा १५ प्रतिशत छुट हुनेछ । साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक तीनजनाले निःशुल्क उपचार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?