फिन इलेक्ट्रो टेकमा आकर्षण

Read Time = 3 mins

काठमाडौं । नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि भन्ने नाराका साथ काठमाडौंमा आयोजित विद्युतीय सामग्री र सेवा प्रवाहसम्बन्धी बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो-टेक २०२२’ को तेस्रो दिन २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । साथै देशभरका विद्युतीय व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, चेनल सप्लायर्सबीच अन्तरक्रिया एवं व्यापारिक सम्झौता भएको आयोजकले जनाएको छ । दोस्रो दिन १६ हजारभन्दा बढी र पहिलो दिन ११ हजार सात सय ७० जनाले अवलोकन गरेका थिए ।

मेलाकै क्रममा तेस्रो दिन विद्युतीय सुरक्षाको विषयमा कार्यशाला आयोजना गरिएको थियो । उक्त विषयमा नेपाल इलेक्ट्रिकल कन्ट्र्याक्टर एसोसिएसनका अध्यक्ष ई. एलआर तामाङले प्रस्तुतीकरण दिनुभएको थियो । कार्यशाला आइतबार पनि सञ्चालन हुने बताइएको छ ।
आयोजक संस्था नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) का अध्यक्ष सुदर्शनप्रसाद पौडेलले भन्नुभयो, ‘प्रदर्शनी निकै उत्साहपूर्ण छ ।

सोचेभन्दा बढी अवलोकनकर्ता आइरहनुभएको छ । हामी साह्रै खुशी छौँ । प्रदर्शनीमा राखिएका नवीनतम र अत्याधुनिक विद्युतीय सामग्री अवलोकन जोकोहीलाई लाभदायी छ । घर बनाइरहेका उपभोक्ता, इलेक्ट्रोनिक व्यवसायी, इन्जिनियर, विद्यार्थीलगायत सर्वसाधारणलाई एकैपटक मेला अवलोकन गर्न अनुरोध गर्न चाहन्छु ।’ मेलाको टाइटल स्पोन्सर राठी स्विच एण्ड केबुल (अन्नपूर्ण ग्लोबल इम्पेक्स प्रालि) रहेको छ भने प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल-महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रालि), डायमण्ड स्पोन्सरमा ग्रेट हृवाइट(मित्तल ओभरसिज प्रालि), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (इनर्जी इलेक्ट्रिकल्स प्रालि), जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रालि), लिसा स्विच (वेलकम टेक्नोल प्रालि) र ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्स वेल्ड नेपाल प्रालि) रहेका छन् । चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनसमेत रहेका छन् । आइतबारसम्म चल्ने मेला करिब ६० हजारले अवलोकन गर्ने अपेक्षा रहेको फिनका महासचिव कोमल पोखरेलले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?