यस्तो छ तपाईंको मंसिर २५ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर २५ गते आइतबार, ई.सं ११ डिसेम्बर, २०२२ । तिथि- पौष कृष्णपक्ष तृतीय, नक्षत्र- पुनर्वशु, योग- ब्रह्म, करण- भद्रा, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः४५, सूर्यास्तः १७ः०८ ।

मेष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

वृष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

वृश्चिक : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

धनु : महत्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

मकर : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?