काठमाडौं । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाउनु भएको छ ।
एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।
ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ ।
यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेख्नुभएको छ ।
'अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।'
— Bhim Rawal, PhD (@BhimRawal179) December 11, 2022
यसैगरि एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि उक्त निर्णयको विरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-
'एकनाथको योगदान मलाई थहा छैन र म चिन्दीन पनि तर समानुपातिक सिस्टटम हैन नेताहरुको तजवीज रहेछ त्यो पक्का हो अब था भो।'
एकनाथको योगदान मलाई थहा छैन र म चिन्दीन पनि तर समानुपातिक सिस्टटम हैन नेताहरुको तजवीज रहेछ त्यो पक्का हो अब था भो।
— Gokul Prasad Baskota (@GokulPBaskota) December 10, 2022
यसैगरि यति बेला एमाले समर्थकहरुले एमालेको उक्त निर्णयको चौतर्फी आलोचना गरेर सामाजिक सञ्जाल तताएका छन् ।
प्रदीप भट्टराईले ट्वीटरमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई मेन्सन गर्दै लेख्नुभएको छ । रोल्पामा बसेर गर्दनमा खुकुरी राखी एमाले जोगाएका कुमार दसौदी सौताको छोरा हुने अनि कुनै योगदान नभएका एकनाथ ढकाल आफ्नो छोरा हुने ? के एमाले नेताले विबेक पुर्याएकै हुन र ? नेतृत्व जवाफ देउ।
रोल्पामा बसेर गर्दनमा खुकुरी राखी एमाले जोगाएका कुमार दसौदी सौताको छोरा हुने अनि कुनै योगदान नभएका एकनाथ ढकाल आफ्नो छोरा हुने? के एमाले नेताले विबेक पुर्याएकै हुन र? नेतृत्व जवाफ देउ। @kpsharmaoli @shankarpokhrel8
— Pradip Bhattarai (@realpbhattarai) December 10, 2022
यसैगरि बिद्रोहि दमन धादिङ्गेले ओली, पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई मेन्सन गर्दै लेख्नुभएको छ–
एकनाथ ढकालले एमालेप्रति गरेको योगदान के ? समानुपातिक सासद नै बनाउनुपर्ने कारण के ? कस्तो बाध्यता आईलाग्यो ? @kpsharmaoli @shankarpokhrel8 @PradeepgyawaliK @BishnuRimal जवाफ छ ? कि त चुप लागेर बस भन्नुहुन्छ? यदि यस्तो भन्नुहुन्छ भने आजबाट एमाले परित्यागको घोषणा गर्दछु
— बिद्रोहि दमन धादिङ्गे (@damanbro66) December 10, 2022
यसरी नै नीराजन शर्मा (उमेश दुलाल) ले यसरी यस्ता व्यक्त छानिनु भनेको समानुपातिक प्रणाली नै खराव भएको भन्दै लेख्नुभएको छ–
पशुपति शमशेर, प्रकाश महत, एकनाथ ढकाल जस्ता पात्रहरु समानुपातिक प्रणालीबाट छानिनु नै याे प्रणाली खराब भएको प्रमाण हाे।
— नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) December 10, 2022
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच