एकनाथ ढकाललाई सांसद बनाएकोमा एमाले शीर्ष नेतृत्वको चौतर्फी आलोचना

भीम रावलले भने : राजनीतिमा नैतिकताको खडेरी !

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाउनु भएको छ ।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।

ढकाललाई सा‌ंसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ ।

यसबारे सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेख्नुभएको छ ।

'अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा  स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।'

— Bhim Rawal, PhD (@BhimRawal179) December 11, 2022

यसैगरि एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि उक्त निर्णयको विरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-
'एकनाथको योगदान मलाई थहा छैन र म चिन्दीन पनि तर समानुपातिक सिस्टटम हैन नेताहरुको तजवीज रहेछ त्यो पक्का हो अब था भो।'

— Gokul Prasad Baskota (@GokulPBaskota) December 10, 2022

यसैगरि यति बेला एमाले समर्थकहरुले एमालेको उक्त निर्णयको चौतर्फी आलोचना गरेर सामाजिक सञ्जाल तताएका छन् ।

प्रदीप भट्टराईले ट्वीटरमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई मेन्सन गर्दै लेख्नुभएको छ । रोल्पामा बसेर गर्दनमा खुकुरी राखी एमाले जोगाएका कुमार दसौदी सौताको छोरा हुने अनि कुनै योगदान नभएका एकनाथ ढकाल आफ्नो छोरा हुने ? के एमाले नेताले विबेक पुर्याएकै हुन र ? नेतृत्व जवाफ देउ।

— Pradip Bhattarai (@realpbhattarai) December 10, 2022


यसैगरि बिद्रोहि दमन धादिङ्गेले ओली, पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई मेन्सन गर्दै लेख्नुभएको छ–

— बिद्रोहि दमन धादिङ्गे 🇳🇵 (@damanbro66) December 10, 2022

यसरी नै नीराजन शर्मा (उमेश दुलाल) ले यसरी यस्ता व्यक्त छानिनु भनेको समानुपातिक प्रणाली नै खराव भएको भन्दै लेख्नुभएको छ–

— नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) December 10, 2022

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?