गोरखामा क्यान्सर स्क्रनिङ शिविर

Read Time = 2 mins

काठमाडौं । क्यान्सर रोग निदान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापित सामाजिक संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशनले भक्तपुर क्यान्सर अस्पतालसमेतको आयोजनामा गोरखामा विशेष क्यान्सर स्क्रनिङ शिविर आयोजना गरेको छ ।

शनिबार गोरखा नगरपालिका-७, डण्डीडाँडामा आयोजित शिविरमा एक सय ३९ जना महिलाको पाठेघर तथा स्तन क्यान्सर परीक्षण गरिएको छ । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. सुजाता विष्टसहित १२ जना स्वास्थ्यकर्मीको टोलीले महिलाको स्वास्थ्य परीक्षण गरेको फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका-७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले शिविर आयोजकलाई धन्यवाद दिँदै महिलालाई आफ्नो स्वास्थ्यप्रति सजग र सचेत रहन आग्रह गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंकको सौजन्यमा सञ्चालित शिविरमा भक्तपुर क्यान्सर अस्पतालले बिरामीलाई निःशुल्क औषधि वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?