काठमाडौं । हिमालयन बैंले सेल्सवेरी डिपार्टमेन्ट स्टोरमा नेपाल क्लियरिङ हाउसद्वारा प्रवद्र्घित नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच भएको सम्झौताअनुसार ग्राहकहरूले सेल्सवेरीमा एचआइ-एमबी मोबाइल बैंकिङ, कनेक्ट आइपिएस मोबाइल एप वा अन्य कुनै नेपाल पे क्युआर सुविधा भएको मोबाइल बैंकिङबाट सजिलै स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत अर्थात् अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक तुरुन्तै खातामा प्राप्त गर्न सक्ने र क्यासब्याक अफर सेल्सवेरीका सबै शाखामा पुस मसान्तसम्म कायम रहने बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच