निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

सोही घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु¥याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?