भ्रष्टाचारविरुद्धका कविता पुस्तक लोकार्पण तथा पुरस्कार प्रदान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हेम-सरिता पाठक फाउण्डेशनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तकको लोकार्पण गरिएको छ । सोमबार प्रज्ञाभवनमा एक विशेष समारोहबीच पुस्तक लोकार्पण गरिएको हो । लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य, फाउण्डेशनको अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेकपा एमालेका नेता पूर्वसांसद रामेश्वर फुयाँल, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, फाउण्डेशनका प्रमुख सल्लाहकार प्रेमराजा महत, सल्लाहकार मदन पाठक, देवेन्द्र सिटौला, डा.भीष्म भुसाललगायतले गर्नुभएको थियो ।

सो पुस्तकको सम्पादन हेम-सरिता पाठक फाउण्डेशन नेपाल शाखाका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सम्पादन गर्नुभएको हो । सोही अवसरमा हेम-सरिता पाठक फाउण्डेशनले सस्थाको ब्रोसर पनि सार्वजनिक गरेको थियो ।

समारोहमा हेम-सरिता पाठक फाउण्डेशनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । उहाँलाई दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार तथा कवि मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रममा पच्चीस उत्कृष्ट कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा फाउण्डेशनका प्रमुख संरक्षक समाजसेवी हेम पाठकले संस्थाको लक्ष्य, प्राप्ति र गतिविधिमा प्रकाश पार्दै देशलाई भ्रष्टाचारमुक्त पार्न फाउण्डेशन प्रतिबद्ध रहेको बताउँदै कुनै पनि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै, फाउण्डेशनकी अध्यक्ष जेनी पाठकले संस्थाको गतिविधिबारे मन्तव्य राख्दै फाउण्डेशनले ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको पहिचान गरी आवाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

सञ्चारकर्मी पुनम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा फाउण्डेशनका नेपाल शाखाका अध्यक्ष साहित्यकार लेकालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पुस्तकमाथि वरिष्ठ समालोचक प्रमोद प्रधानले बोल्नु भएको थियो । सबैलाई शिक्षा र भ्रष्टाचारविरुद्धको अभियानमा रहेको समर्पित फाउण्डेशनले नेपाली विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशिको अमेरिकामा छात्रवृृत्ति खडा गरी सिन्धुपाल्चोक र साँखुको विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?