निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो।

आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा था प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?