राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको चुनावबाट कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

हिमालय टाइम्स
Read Time = 1 min

पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताउनु भएको छ ।

ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुग्नुभएका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताउनु भयो ।

राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । तर, राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता भोलि शनिबारका लागि तोकिएको छ । अघिल्लो दिन शुक्रबार ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि तयार भए कांग्रेससँग सहकार्य हुने बताउनु भयो ।

राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताउनु भएका उहाँले नेपालमा राजनीतिक अस्थिरता देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?