अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको पछिल्लो वार्तापछि अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको छ ।

विदेशमन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर ११ देखि १४ सम्म चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्दै छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्को वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको लागि आधार तयार गर्नेछ । गत महिना, इन्डोनेसियाको जी २० शिखर सम्मेलनको छेउमा अमेरिका र चिनियाँ राष्ट्रपतिहरू ताइवान र उत्तर कोरियाको बारेमा ‘स्पष्ट वार्ता’ मा संलग्न थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई ‘नयाँ शीतयुद्ध’मा फर्काउनबाट रोक्ने उद्देश्यले वार्ता भएको बताइएको छ ।

प्रतिनिधिमण्डलले ब्लिन्केनको भ्रमणको लागि वातावरण तयार गर्नुको साथै दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थित गर्न र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्न बैठकलाई फलोअप गर्नेछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?