काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ ।
बैंकले माघ १ गते देखि लागू हुने गरी सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो ।
राष्ट्र बैंकले सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरिवेक्षण विभिन्न वित्तिय इकाईहरुमार्फत गर्दै आएको थियो । सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने नेपालको अन्तराष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुटै युनिट स्थापना गरेर अझ प्रभावकारी रुपमा सुपरीवेक्षण गर्ने उद्देश्यले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताउनु भयो ।
उहाँले राष्ट्र बैंकबाट सम्पती शुद्धीकरण निवारण सम्बन्धि सुपरीवेक्षण विभिन्न ईकाई तथा सुपरीवेक्षण शाखामार्फत भएपनि अब थप प्रभावकारी बनाउनको लागि छुट्टै युनिट बनाएको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रुपमा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताउनु भयो ।
प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पती शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यवसायीक वा बैंकिङ गतिविधि अफ्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले अहिले पनि सम्पती शुद्धीकरणका विषयमा सुपरीवेक्षण गरिरहेको बताउनु भयो । उहाँले विभिन्न विभागहरुमा छरिएर रहेको सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्नको लागि गठन गरिएको बताउनु भयो ।
प्रवक्ता भट्टले आगामी दिनमा सम्पती शुद्धीकरण सम्बन्धि सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनको लागि सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले राष्ट्र बैैंकले अन्तर्राष्ट्रिय रुपमा भएका सम्पती शुद्धीकरण सम्बन्धि प्रतिवद्धताहरुलाई पूरा गर्ने कार्यमा कमी हुन नदिने गरी काम भइरहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले केही दिन अगाडि सम्पती शुद्धीकरण सम्बन्धि मार्ग निर्देशन समेत जारी गरेको बताउनु भयो ।
उहाँले राष्ट्र बैंकले संस्थागत संरचना पनि एउटा थप प्रभावकारी र बलियो बनाउने उद्देश्यका साथ विशिष्टिकृत सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण युनिट स्थापना गरिएको बताउनु भयो । उहाँले महाशाखा स्थापनाले अन्तर्राष्ट्रिय निकायहरुसँग सम्पर्क र समन्वय गर्नका लागि सहज र सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण सम्बन्धि सुपरिभिजनको प्रभावकारीतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच