जाजरकोट जिप दुर्घटना अपडेट : ९ जनाको मृत्यु, तीन जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो । तीन जना घाइते भएका छन् ।

मध्यपहाडी सडक खण्डमा  भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?