काठमाडौं । सदनको जारी गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुन: प्रयास थाल्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्का प्रमुख दलका शीर्ष नेतालाई सरकारी निवासबालुवाटारमा बोलाउनु भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सूचना स्रोतका अनुसार शीर्ष नेताबीच टीओआरमा सहमति खोज्नेबारे छलफल हुने छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुट्नुभएको हो ।
शुक्रबार बिहान बसेको कार्यदलको बैठकले पनि सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेश तय गर्न सकेन।
त्यसपछि बसेको संसद् बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको थियो। संसद् खुल्न नसकेको अवस्थामा नेताहरू शीर्ष तहमै छलफलका लागि जुट्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच