तलब भत्ता नपाएपछि कर्मचारीद्वारा डुडुवामा तालाबन्दी

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । डुडुवा गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकामा तालाबन्दी गरेका छन् । लामो समयदेखि गाउँपालिकाले तलब भत्ता उपलब्ध नगराएको भन्दै कर्मचारीहरुले गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी गरेका हुन् ।

डुडुवामा गाउँसभा नहुँदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८० को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन् ।

कर्मचारीहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । कर्मचारीहरुले गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् ।

आईतबारदेखि गरिएको तालावन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ । गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले कर्मचारीहरुले तलब भत्ताको माग गरेर तालाबन्दी गरेको पुष्टि गर्नुभयो । उहाँका अनुसार गाउँ सभा नहुँदा कर्मचारीहरुले लामो समयदेखि तलब भत्ता पाउन सकेका छैनन् । उहाँले अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधि छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएका बताउनुभयो ।

कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका हुन ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उहाँले विपक्षीहरु पटक पटक मौखिक रुपमा सहमती गरेपनि व्यहारमा कार्यन्वयन नगरेको बताउनुभयो । अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानूनविपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथी छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?