अल नासरको जितमा रोनाल्डोको सानदार प्रदर्शन

Read Time = 1 min

साउदी । कप्तान क्रिस्टियानो रोनाल्डोले सानदार प्रदर्शन गर्नुभएपछि साउदी प्रो लिगमा अल नासर क्लबले अल शबाबमाथि चार-शून्यको शानदार जित निकालेको हो । खेलको १३औँ मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाउनुभएको थियो ।

रोनाल्डाले नै ३८औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभएको थियो । रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत् गर्नुभएको हो । खेलको ४०औँ मिनेटमा साडियो मानेले गोल गर्दै अल नासरलाई तीन-शून्यको स्थितिमा पुर्‍याउनुभयो ।

रोनाल्डोको पासलाई सदुपयोग गर्दै मानेले गोल गर्नुभएको थियो । ८०औँ मिनेटमा सुल्तानले गोल गर्दै अल नासरको जित निश्चित गराउनुभएको थियो । अल नासर चार खेलको समाप्तिमा १८ टिम सहभागी लिगको छैटौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?