नेमारलाई सफाइ

Read Time = 1 min

एजेन्सी/ब्राजिलका स्टार फुटबल खेलाडी नेमारले एक मुद्दामा सफाइ पाउनुभएको छ । स्पेनको अदालतले उहाँलाई मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिएको हो ।

नेमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तर हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फस्नुभएको थियो । ब्राजिलको कम्पनी डिआइएसले नेमार, उहाँका बुबाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तर गर्दा तिर्नुपर्ने डिआइएसलाई बेवास्ता गरेको भनी मुद्दा हालेको थियो । तर, अदालतले विज्ञप्ति जारी गरी नेमारमाथिको मुद्दा सिद्ध नभएको ठहर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?