विवेक ओवराय काठमाडौंमा

Read Time = 1 min

काठमाडौं । बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुग्नुभएको छ । उहाँ बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्नुभएको हो । उहाँ आफ्नो परिवारसहित भ्रमण गर्न नेपाल आउनुभएको हो । उहाँले पशुपतिनाथ, सगरमाथा बेसक्याम्प, पोखरा र लुम्बिनीलगायत अन्य ठाउँको भ्रमण गर्नुहुने तालिका रहेको छ ।

नेपालको एक हप्ता बसाइमा उहाँ केही कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याउनुभएको हो । उहाँले केही समयअघि आफू नेपाल आउन लागेको एक भिडिओ सन्देशमार्फत् जानकारी दिनुभएको थियो । सन् २००२ मा चलचित्र ‘कम्पनी’बाट डेब्यु गरेका विवेकले थुप्रै हिन्दी तथा अन्य भाषाका चलचित्रमा अभिनय गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?