टेस्ट कप्तानबाट विलियम्सको राजीनामा

Read Time = 2 mins

लण्डन । न्युजिल्याण्डका टेस्ट टिमका कप्तान केन विलियम्सले टेस्ट कप्तानबाट राजीनामा दिनुभएको छ । न्युजिल्याण्ड क्रिकेटले टेस्ट टोलीको पाकिस्तान भ्रमणलाई ध्यानमा राखेर विलियम्सले बिहीबार बिहान राजीनामा दिएको घोषणा गर्नुभएको हो । विलियम्स खेलाडीका रूपमा टोलीमा रहिरहे पनि कप्तानको जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुग्नुभएको हो । केन टी-ट्वान्टी तथा एकदिवसीय अन्तर्राष्ट्रियका भने कप्तान रहिरहनुहुनेछ ।

विलियम्सको स्थानमा तीव्र गतिका बलर टिम साउदीलाई कप्तानीको जिम्मेवारी दिइएको छ । बिहीबार पाकिस्तानविरुद्धको टेस्ट सिरिजका लागि घोषित टोलीमा विलियम्स खेलाडीका रूपमा मात्र रहनुभएको छ । यस सिरिजमा साउदीलाई कप्तानको भूमिकामा देख्न सकिन्छ ।

विलियम्स न्युजिल्याण्डको क्रिकेट इतिहासकै उत्कृष्ट टेस्ट कप्तान हुनुहुन्छ । उहाँको कप्तानीमा न्युजिल्याण्डले ४० मध्ये २२ खेलमा जित हात पारेको छ । उहाँले आठ खेलमा बराबरी र १० मा मात्र हार बेहोर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?