हेम-सरिता पाठक फाउण्डेशनको अन्तर्राष्ट्रिय र राष्ट्रिय समिति पुनर्गठन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुशासन तथा भ्रष्टाचारविरुद्धमा सचेनामूलक गतिविधि सम्पन्न गर्दै आएको ‘हेम-सरिता पाठक फाउण्डेशन’ को नयाँ कार्यसमिति गठन भएको छ । थाहा पुस्तकालय, काठमाडौंमा सम्पन्न साधारणसभाले फाउण्डेशनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरूमा, बोनस खनाल, मिनुर श्रेष्ठ, हिमनाथ ओली र सोनी पाठक, महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा विष्णु भेटवाल चयन हुनुभएको छ ।

यसैगरी फाउण्डेशनको अन्तर्राष्ट्रिय समितिको सदस्यहरूमा क्रमशः दिनेश शर्मा, विन्द्या सिटौला (अष्ट्रेलिया), आयाम पौडेल (अष्ट्रेलिया) र राधेश्याम लेकाली (नेपाल) पदेनको मनोनयन भएको छ ।

त्यस्तै, ‘हेम-सरिता पाठक फाउण्डेशन नेपाल शाखा’को अध्यक्षमा राधेश्याम लेकालीको मनोनयन भएको छ । कार्यसमितिको सदस्यहरूमा क्रमशः श्रीमान् कार्की, हितमान तामाङ, दीपक राई, सुवास उप्रेती, तुरुप संग्रौला, सुमन पौडेल, कमला पाठक र दिवस रिजाल, सुमन पौडेल, प्रकाश भेटवालको मनोनयन भएको छ ।

सो सभामा फाउण्डेशनका प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, प्रमुख सल्लाहकार, प्रेमराजा महतलगायत तीर्थ कोइराला, शीव गाउलेमातृका पौडेलको उपस्थिति थियो ।

फाउण्डेशनको अन्तर्राष्ट्रिय समितिका सल्लाहकारहरूमा क्रमशः डा.तुलसी दाहाल (अमेरिका), डा.नवीन दाहाल (अमेरिका), डा.राजन रिजाल (अमेरिका), डा.सोनी थापा (क्यानडा), डा.सुशील जोशी (अमेरिका), मदन पाठक (अमेरिका) र प्रेम श्रेष्ठ (अमेरिका) रहनु भएको छ भने अभिव्यक्ति दूतमा किरण केसी र शिवहरि पौडेल तथा प्रचार विभाग प्रमुखमा मातृका पौडेल रहनुभएको छ ।

यसैगरी फाउण्डेशनको नेपाल शाखाको सल्लाहकारहरूमा क्रमशः तीर्थ कोइराला, रामप्रसाद सिटौला, गोकर्ण विष्ट, विज्ञानराज शर्मा, रमेश खरेल, तपबहादुर थापामगर, जिवेन्द्र सिम्खडा, रविन्द्र मिश्र, हरिबहादुर थापा, शिव गाउँले, कृष्ण कँडेल, नारायण रायमाझी, डा.भोला रिजाल, वी.वी अनुरागी, जीवन शर्मा, डा.भीष्म भुसाल र देवेन्द्र सिटौला रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?