सिजीका थप नयाँ होम अप्लायन्स

Read Time = 1 min

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले वाल माउण्ट एसी १.०, १.५ र २.० टनमा नयाँ एसी ल्याएको छ । यी एसीमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने अटो रिस्टार्ट, डि-हृयुमिडिकेसन फङ्सन, अटो डिफ्रोस्ट तथा स्लिप फङ्सनलगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

टिभीतर्फ ५५ इन्च र ६५ इन्चमा नयाँ मोडल रहेका छन् । यी टिभीमा गुगल सर्टिफाइड एन्ड्रोइड ११ सिस्टम राखिएको छ । त्यस्तै, स्मार्ट टिभी सेक्सनमा पनि सिजीले थप ३२ इन्चमा दुई र ४३ इन्चमा दुई टिभी ल्याएको छ । सिंगल डोर फ्रिजमा दुईवटा नयाँ रहेका छन् ।

फ्रिज खरिदमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ । माइक्रोवेभ ओभनतर्फ पनि सोलो सेक्सनमा एउटा नयाँ आकर्षक, फुलबुट्टे २० लिटरको नयाँ ओभन ल्याएको छ । कम्पनीले आफ्ना साना घरायसी सामग्रीमा पनि नयाँ मोडल थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कलिङ थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?