बैतडी । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई तीन-एकले पराजित गरेको हो ।
पहिलो सेट दशरथचन्दले २५-२३ अंकले जितेको थियो । त्यसपछि मेलौलीले २५-२१, २५-१९ र २५-१६ अंकले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै मेलौलीले एक लाख २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेता दशरथचन्दले ७५ हजार रुपैयाँ र ट्रफी पायोे । तेस्रो भएको पाटन नगरपालिकाले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच