लर्निङलाई अर्निङसँग जोड्न आग्रह

Read Time = 2 mins

भक्तपुर । लर्निङलाई अर्निङसँग जोड्ने शिक्षा हुनुपर्ने शिक्षासेवीहरूले बताएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजले कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङको चारवर्षे अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झाले विद्यार्थीको पढाइका साथै उनीहरूको भविष्य पनि हेर्नुपर्ने बताउनुभयो । सीपयुक्त शिक्षा दिन सके इन्जिनियरमात्र नभई कोही पनि बेरोजगार भएर बस्नुनपर्ने उहाँको भनाइ थियो ।

नेपाल इन्जिनियरिङ कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले विद्यार्थीले कार्यक्षेत्रमा पुगेर धेरै सिक्न बाँकी रहेको बताउनुभयो । कामसँगसँगै सिक्ने पनि भएकाले विद्यार्थीले पास आउटलाई पढाइ सुरु भएको रूपमा लिनुपर्ने पनि उहाँले बताउनुभयो ।

कलेजका एकेडेमिक को-अर्डिनेटर बाबुराम भट्टराई, एसोसिएट प्रोफेसरहरू सचिन श्रेष्ठ, प्रशासन प्रमुख श्रीमा शर्मा, अजयकुमार लाल, अमित शाह, सुन्दर कुँवरले नयाँं प्रविधिसँगै भिजेर अघि बढ्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?