बाजुराका स्वास्थ्य केन्द्रमा औषधि अभाव

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधि अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको हो ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीले सिटामोलसमेत नपाउँदा समस्या हुन थालेको छ । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा औषधि अभावका कारण उपचारमा समस्या भइरहेको छ  ।

स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउने गरेको गुनासो छ ।

स्वास्थ्य केन्द्रमा प्रायः बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन् । बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहराले स्वास्थ्य केन्द्रमा औषधि र डाक्टरको व्यवस्थापनको काम भइरहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?