अमेरिकामा गोली हानी दुई किशोरको हत्या, तीन जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

एट्लान्टा । अमेरिकाको एट्लान्टामा भएको गोलाबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ भने तीन नाबालिग घाइते भएका छन् ।

सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको हो । एटलान्टा प्रहरीका अनुसार बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा गोलाबारी भएको थियो ।

गोली लागेका पाँच जना भेटिएको र दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतकमा १४ र १६ वर्षका किशोर रहेका छन् । ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?