श्रीमानको माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

बेइजिङ । एक चिनियाँ महिलाले हालै श्रीमानकाे माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन्  । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी  महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् ।

उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् ।

‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरुको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् ।

बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र  बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र  विकल्प हो भनेर निर्णय गरिन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?