रेशम चौधरीको रिहाईको माग गर्दै बारामा प्रदर्शन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । बर्दियामा भएको नरसंहारको घटना घटाउने आरोपमा लामो समय देखि जेल जिवन विताई रहेका रेशम चौधरीको रिहाईको माग गर्दै बाराको सदरमुकाम कलैयामा सोमबार प्रदर्शन भएको छ ।

चौधरी विगत लामो समय देखि नरसंहारको घटनामा काठमाडौमा जेल जिवन बिताउँदै आउनु भएको छ । उहाँलाई बिना सर्त रिहाईको माग गर्दै कलैयामा प्रदर्शन गरिएको हो ।

चौधरीको रिहाईको माग गर्दै सरमुकाम कलैयामा थारु कल्याणकारणी सभा बाराले प्रदर्शन गरेको छ । थारु कल्याण कारिणी सभा बाराका अध्यक्ष रामप्रसाद चौधरीको नेतृत्वमा आएको टोलीले कलैया बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको थियो ।

उनीहरुले हात हातमा सरकारले ल्याएको अध्यादेश पारित गर, कैदी बन्दीलाई रिहा गर, रेशम चौधरीलाई न्याय देउ, अध्यादेशमा राजनीतिक गर्न पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्ड बाँकी चर्का नारा लगाउँदै प्रदर्शन गरिएकाे थियाे ।

नागरिक उन्मुक्ति पार्टीबाट चौधरीका श्रमति रंजिता श्रेष्ठ चौधरी, स्वतन्त्रका रुपमा बुबा लालबिर चौधरी सहित ४ जना संघीय साँसदमा निर्वाचित भएपछि पार्टीले पहिलो शर्तको रुपमा सरकारसंग मुद्धा फिर्ता गर्न माँग गरेपछि सरकारले अध्यादेश ल्याएर चौधरी सहित बिप्लव, सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई समेत रिहाई गर्न पहलकदमी लिएपनि राष्ट्रपति विधादेवी भण्डारीबाट स्वीकृत भएको छैन ।

प्रदर्शनपछि आयोजित कोणसभालाई नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, महिला नेतृ राधा कुमारी चौधरी, थारु कल्याणकारणिका यादव कृष्ण चैेधरी लगायतकाले आफनो बिचार व्यक्त गर्दै चाँडो अध्यादेश पारित गर्न माग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?