उपाय सिटी कार्गोको नयाँ सेवा

Read Time = 2 mins

काठमाडौं । उपाय सिटी कार्गो कम्पनीले ‘उपाय फुल फिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमबीच नयाँ ‘उपाय फुल फिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।

नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी ढुवानी क्षेत्रमा अलग्गै पहिचान बनाउने लक्ष्यका साथ कम्पनीले ‘उपाय अन डिमान्ड र मेरो उपाय’ जस्ता सेवाको सफलतापछि तेस्रो सर्भिसका रूपमा उपाय फुल फिल्मेन्ट सर्भिस ल्याएको हो । सो अवसरमा उपाय सिटी कार्गोका प्रबन्ध निर्देशक सुमन रायमाझीले बजारमा मागअनुसार गाडी दिन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेपालको लजिस्टिक क्याक बोन बन्ने सपनाका साथ कम्पनी सुुरुवात गरेका थियौं, उक्त सपना आज पूरा भएको छ ।’

उपाय फुल फिल्मेन्ट सर्भिसले ग्राहकलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एकै ठाउँबाट प्रदान गर्ने बताइएको छ । कम्पनीका निर्देशक सन्दिप सुवेदीले उपाय फुल फिल्मेन्ट सर्भिसमार्फत् ग्राहकले आफ्नो सामान फुल फिल्मेन्ट सेन्टरमा पनि राख्न सक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?