जीबीएस रोगको उपचारमा आर्थिक अभाव, छोरा बचाईदिन परिवारको गुहार

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-२ स्थित लिहीका सत्र वर्षका दिपेश परियारलाई जीबीएस रोग लागेपछि छोरालाई बचाईदिन भनी बुबा जनक परियारले सहयोगको अपिल गरेका छन् । विश्वमै दुर्लभ मानिएको रोग मध्येको एक हो जीबीएस राेग । जसको उपचारमा लाखौं खर्च हुने गरेको छ । बिरलै व्यक्तिहरुमा देखिने जीबीएस नामक यो रोग दिपेशलाई लागेपछि उपचारका लागि अहिलेसम्म २३ लाख बढी खर्च भैसकेको छ । घरमा भएको सबै पैसा उपचारमा खर्च भएपछि अहिले थप उपचारमा आर्थिक समस्या भएको दिपेशका बुबा जनक परियारले बताउनुभयो ।

तिला-२ लिही निवासी परियारको अहिले साहारा फिजियोथेरापी काठमाडौंमा थेरापी विधिबाट उपचार भैरहेको छ । परियारलाई २०८० भदौ महिनामा हात र खुट्टा चिलाउने र हिड्न नसक्ने जस्तो लक्षण देखा परेपछि नेपालगंज नर्सिङ होममा उपचारका लागि लगिएको थियो । त्यहाँ रोग निको नभएपछि दिपेशलाई काठमाडौंको टिचिङ अस्पतालमा उपचारका लागि ल्याएको परियारले बताउनुभयो ।

तीन महिनासम्म डाक्टरको प्रत्यक्ष निगरानीमा टिचिङमा उपचार प्रश्चत जीबीएस रोग लागेको भनेर डाक्टरले रिर्पोट दिएपछि रुखको हाँगाबाट खसेको जस्ता भए । मलाई रोगको नाम पनि सुनेको दिएन् । दिपेशका बुबा जनकले भन्नुभयो,“ छोरा दिपेशका दुवै हात खुट्टा बांगो भएका छन, हिडडुल गर्न पनि सक्दैनन् । उपचारपछि पहिले भन्दा केही मात्रामा सुधार भएको छ । अहिले आर्थिक अभावका कारण काठमाडौंमा बसालेर उपचार गराउन निकै गाह्रो भएको छ ।” यो रोग लागेका व्यक्तिहरु निको हुन लामो समय लाग्ने र खर्च पनि धेरै लाग्ने डाक्टरले बताएको जनकको भनाई छ ।

छोराको उपचारका लागि विभिन्न पालिकाहरुमा सहयोगका लागि अपिल गरेपनि वेवास्ता गरेको जनकको गुनासो छ । मृत्युसँग लडिरहेको छोरालाई बचाउन परियारले सबैलाई सहयोगको याचना गरेका छन् । अहिले टिचिङ अस्पतालको अगाडिमा रहेको साहारा फिजियोमा उपचार भइरहेको छ । फिजियोथेरापी गर्दा प्रति दिनको पाँच हजारको दरले खर्च हुने गरेको जनक परियारले जानकारी दिनुभयो ।

हामीलाई खर्च पुर्‍याउन धेरै नै समस्या भएको छ । छोराको चैत १५ गतेदेखी २७ सम्म एसइईको परिक्षा समेत छ । छोराको जीवन बचाउन सहयोग गर्न चाहाने सहयोगी मनभएका व्यक्तिहरुले जनक परियारको मोबाइल नम्बर ९७६५५९४१४० र नविल बैंकको खाता नंं.११८१००१७५००९०७ मा रकम जम्मा गरिदिन आग्रह गर्दै सहयोग मागेका छन् । अहिले केही साथी भाई,आफन्त र केही कर्मचारीबाट आर्थिक सहयोग मिलेको परियारले बताउनुभयो ।

जीबीएस रोगका लक्षण

टिचिङ अस्पतालका विषेशज्ञ डाक्टरका अनुसार जीबीएसका लक्षणहरू बालबालिका पिच्छे फरक–फरक हुन सक्छ । यसमा औंला दुख्ने वा सुन्निने, खुट्टा वा हातमा कमजोरी, हिँड्न गाह्रो हुने, चिडचिडापन, सास फेर्न गाह्रो तथा अनुहारमा कमजोरी हुन सक्छ । यस्ता लक्षण देखिए तत्काल बालबालिकालाई चिकित्सक कहाँ पुर्‍याउनुपर्छ ।

जीबीएस रोग एउटा दुर्लभ विकार हो तर यो कुनै पनि बालबालिकामा हुन सक्छ । यसमा बालबालिकाको लक्षण, उमेर तथा स्वास्थ्य अवस्थाका आधारमा उपचार गरिन्छ । यसको उपचार बालबालिकाको अवस्था कति गम्भीर छ भन्ने कुरामा पनि भर पर्छ । जीबीएस निको पार्ने कुनै निश्चित उपचार छैन । समयमै निदान नै यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?