दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

लमहीदेखि घोराही तर्फ जादै गरेको रा १ ज ५८० नम्बरको गाडी लमही–६ चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक बच्चासहित ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको प्रमुख परियारले बताउनुभयो। गाडी चालक भने फरार रहेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?