फोहोर विसर्जनका लागि गाउँपालिकालाई जमिन उपलब्ध

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । हरेक निर्वाचनमा इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक स्थित शुक्रबारे बजारले निकै आश्वासन पायो । आश्वासन पाएपनि फोहोर व्यवस्थापनको उपाय नहुँदा बजारका होटल र पसलबाहिर फोहोरको थुप्रो लागेको थियो । तर, अहिले फोहोर विसर्जनका लागि गाउँपालिकाले जमिन व्यवस्थापन गरेको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा वर्षाैंदेखि थुप्रिएको फोहोर विसर्जनका लागि गाउँपालिकाले जमिन व्यवस्थापन गरेपछि बजार सफाइ थालिएको छ । वर्षाैंयता यत्रतत्र रहेको जनप्रतिनिधिसहितको टोलीले सफाइ थालेको हो । पालिकाले नियम नै बनाएर शुक्रबारे बजारको फोहोरलाई दीगो व्यवस्थापन गर्न थालेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले यहाँको फोहोर विसर्जन गर्न डम्पिङ साइट व्यवस्थापन गरेसँगै बजारको फोहोर व्यवस्थापन हुने भएको बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लामिछानेको भनाई छ ।

यहाँको फोहोर करिब ५ किलोमिटर पर रहेको जमिनमा विसर्जन गरिने भएको छ । स्थानीय नस्वाखोला नजिकको जंगलमा जमानसिंह रेवत र कमल पौडेलले जमिन निःशुल्क दिएपछि फोहोर व्यवस्थापन गर्न थालिएको हो । जमिन गाउँपालिकाको नाममा आउन बाँकी नै रहेपनि वडा कार्यालयको नेतृत्वमा फोहोर व्यवस्थापन भने सुरु भइसकेको छ ।

गाउँपालिकाको वडा नं. ३ ले महिनाको २÷३ पटक बजार सफाइ गर्ने भएको छ । यसअघि गाउँपालिकाले फोहोर संकलनका लागि डस्टबिन वितरण गरेपनि डस्टबिनमा संकलित फोहोर कहाँ विसर्जन गर्ने भन्ने टुंगो थिएन । व्यवस्थापनको ठाउँ उपलब्ध भएसँगै पालिकाका अरू बजारको फोहोर पनि यहाँ विसर्जन गर्न सकिने भएको फाकफोकथुम गाँउपालिकाका उपाध्यक्ष कल्पना राईले बताउनुभयो ।

शुक्रबारेका साथै अन्य बजारको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले बजेट नै छुट्याएको छ । फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण र खानेपानीसमेत दूषित हुने जोखिम बढेपछि फोहोर विसर्जन थालिएको हो । लामो समयसम्म व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन हुने भएसँगै बजारबासीमा खुसीयाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?