यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरमा २६ पैसाले ओरालो लागेको छ ।  अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा तोकिएको छ । अघिल्लो दिन भने अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो।

युरोपियन युरो ६९ पैसाले वृद्धि भई यसको खरिदमा १४० रुपैयाँ ३८ पैसा र बिक्रीमा १४१ रुपैयाँ २ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २३ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरमा पनि  ३९ पैसाले उकालो लागेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १६ पैसा र बिक्रीमा १० रुपैयाँ २१ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९७ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ८१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ७७ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८४ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?