सर्वाधिक मत ल्याएर विजयी एमाले अध्यक्ष ओली सम्मानित (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित हुनुभएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित हुनुभएका ओलीलाई सम्मान गरिएको हो ।

झापा– ५ बाट ५२ हजार ३१९ मतसहित एमाले अध्यक्ष ओली निर्वाचित हुनु भएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाउनु भएको थियो ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित गर्नुभयो ।

सोही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सा‌सदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?